झापा । भुमि ऐन आठौँ संसोधन र नियमावली सम्बन्धि संवाद तथा परीचयात्मक कार्यक्रम झापाको मेचीनगर १२ मा सम्पन्न भएको छ ।
राष्ट्रिय भुमि अधिकार मञ्च झापाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा भुमिहिन ,सुकुम्बासी र अव्यबस्थीत रुपमा बसोेबास गरीरहेकाहरुको समस्या संबोधनका निम्ती सरकारले लागु गरेको भुमि ऐन आठौँ संसोधनका बिषयमा छलफल भएको थियो ।
यस ऐनबारे अधिकांश सर्वसाधारण अनबिज्ञ रहेकाले सवैलाई समान किसिमले राहत पुग्नेगरी स्थानीय सरकारले आवश्यक व्यबस्था गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल झापाका अध्यक्ष अर्जुनकुमार लिम्बुको अध्यक्षता र वडाध्यक्ष नरेन्द्र धिमालको प्रमुख आतीथ्य रहेको कार्यक्रममा भुमिहिन तथा सुकुम्बासीहरुले आफुहरुको समस्या समाधानार्थ पहल गरीदिन जनप्रतिनीधीहरुको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सांसद गोपाल बुढाथोकि , मेचीनगर उप प्रमुख मिना पोख्रेल उप्रेति , प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रका सहजकर्ता मान बहादुर कार्की , नेकपा मेचीनगर १२ का अध्यक्ष सहदेव ढुंगाना लगायतको उपस्थिती रहेको कार्यक्रममा ७० बढीको सहभागीता रहेको थियो ।
मञ्चकि मेचिनगर कमिटि सदस्य सपना प्रसाईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सल्लाहाकार ज्ञान बहादुर थापा मगरले गर्नुभएको थियो ।







