• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पावरटेक कम्प्युटरका सञ्चालक मेचे र कर्मचारी खनाललाई कानुनी कारबाहीको माग


  •    संवाददाता/ बुधबार, भदौ ०५, २०८१  

  • आफ्ना विद्यार्थीलाई यौन दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालयले माग गरेको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.२ बेलडाँगीमा रहेको वीर अमरसिंह माविले मंगलबार पत्रकार सम्मेलन गरी विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार गर्ने पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र कर्मचारी नारायण खनाललाई कानुनी कारबाहीको माग गरेको हो ।

    Advertisement

    व्यवहारिक अभ्यास शिक्षण (ओजेटी) का लागि पठाइएका विद्यार्थीमाथि यौन हिंसा गर्ने मेचे र खनाललाई कडाभन्दा कडा कारबाही गरिनु पर्ने विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले माग गरे । उनले कसुरदारहरुलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २२५ बमोजिम हदैसम्मको सजाय र जरिवाना गरी कसुरदारहरुबाट सोही ऐनको दफा २२८ बमोजिम उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन मागसमेत गरेका छन् ।

    Advertisement

    विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेसँगै मेचे र खनाल शनिवार बेलुका पक्राउ परेका थिए । तर, मेचे आइतवार बेलुका रिहा भएका छन् भने खनालमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको पावरटेक कम्प्युटरमा व्यवहारिक अभ्यास शिक्षण (ओजेटी) का लागि पठाएका विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारपछि उनीहरूलाई कारबाही गर्न विद्यालयले माग गर्दै आफ्ना विद्यार्थी फिर्ता बोलाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष किशोरकुमार पौडेलले बताए । गत साउन ३२ गते छात्रामाथि यौन दुर्व्यवहार भएको विद्यालयले जनाएको छ ।

    वीर अमरसिंह माविमा २०७४ सालदेखि कम्प्युटर इन्जिनियरिङको अध्यापन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म त्यस विद्यालयमा प्राविधिक धारको सो विषयमा अध्यापन हुँदै आएको हो । कोर्ष अनुसार विद्यार्थीले एसईई परीक्षापछि ३०० घण्टा, कक्षा ११ को परीक्षापछि ३०० घण्टा र कक्षा १२ को फाइनल परीक्षापछि ६०० घण्टा ओजेटीमा सहभागी हुनुपर्छ । त्यसपछि मात्र विद्यार्थीको १०० पूर्णाङ्कको परीक्षा पुरा हुने राष्ट्रिय परीक्षा बोर्डको नीति छ ।

    त्यसका लागि विद्यालयले बिर्तामोड क्षेत्रका विभिन्न कम्प्युटर पसल तथा इन्स्टिच्युटहरूमा विद्यार्थीलाई ओजेटी गराउने गरेको छ । त्यसैक्रममा पावरटेकमा पठाइएका छात्रामाथि यौन दुर्व्यवहार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

    छात्रामाथि यौनजन्य दुर्व्यवहार भएपछि त्यहाँबाट विद्यार्थी फिर्ता लगिएको उनले बताए । त्यहाँ वीर अमरसिंहका पाँच जना विद्यार्थीलाई ओजेटीका लागि सहभागी गराइएको थियो । ओजेटीमा जाने विद्यार्थीहरु असुरक्षित भएपछि अब विद्यालयले कम्प्युटर सञ्चालकहरुसँग कडा ढंगले सम्झौता गर्ने र निरन्तर अनुगमन गरिरहने अध्यक्ष पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.