बिर्तामोड । नेवार समुदायको लाखे जात्रा तथा ठाकठुके नृत्य झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी विद्यालयमा प्रदशन गरिएको छ । 
नेवाः देय् दबू बिर्तामोड नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखे नाच तथा ठाकठुके नृत्य यसवर्ष भने बुधबार लिङ्कन मण्टेश्वरी स्कूलमा प्रदर्शन गर्दै अन्य बिद्यालय मा प्रस्तुत गरिने बताईएको छ । 
नागपञ्चमीको अवसर पारेर बिर्तामोड–९ भिमसेन मन्दिरमा बिहान पूजा गरेर लाखे नाच शुरु गरिएको नेवाः देय दबू बिर्तामोड नगर समितिले जनाएको छ ।
यस बर्षको लाखे तथा ठाकठुके नृत्य लिंकन मण्टेश्वरबाट बिद्यालय स्तरीय लाखे नाच प्रस्तुत गरिएको बताईएको छ । नेवार समुदायको धर्म, संस्कृति र परम्परालाई जर्गेना गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले लाखे तथा ठाकठुके नाच प्रत्येक बर्ष गर्दै आएको जनाईएको छ ।
प्रत्येक बर्ष गठेमंगलदेखि कृष्णअष्ठमीसम्म लाखे जात्रा मनाउँदै आएको छ । लिङ्कन मन्टेश्वरी स्कूलले नानीबाबुहरुलाई नेवार समुदायको परम्पराका बिषयमा जानकारी गराउने उद्देश्यले लाखे तथा ठाकठुके नृत्य बिद्यालयमा ल्याएर नचाएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।







