बिर्तामोड स्थित न्युट्न्स एजुकेशन एकेडेमीका छात्र दिपक भट्टराईले कक्षा १२ को परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएका छन् ।
भट्टराई ३.९२ जिपीए ल्याउने जिल्लामै एक मात्र विद्यार्थी भएको विद्यालयले जनाएको छ ।
गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा साइन्स विषयमा भट्टराईले जिल्लामै सबैभन्दा बढी उत्कृष्ट जिपीए ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईंले जानकारी दिए । उनी कक्षा ११ मा जिल्ला टप भएका थिए ।
उनलाई हिसान झापाले पनि सम्मान गरेको थियो । उनी पढाईमा तेज भएकै कारण विद्यालयले छात्रबृत्ति प्रदान गर्दै आएको प्रिन्सिपल हुमागाईंले बताए ।
विद्यालयले यस पटक कक्षा १२ को परिक्षामा ९६ प्रतिशत रिजल्ट निकालेको हो । विज्ञान संकायबाट प्रभात सिटौला ३.८१ र व्यवस्थापन तर्फबाट प्रकाश गिरीले ३.६७ जिपीए ल्याउन सफल भएका छन् ।
कक्षा ११/१२ पढ्ने विद्यार्थीलाई पढाइसँगै जीवन उपयोगी गतिविधि समेत गराउने गरिएको को-अर्डिनेटर केवल सापकोटाले बताए ।







