झापा । मेचीनगर १२ मा रहेको कालीका आधारभुत बिद्यालयमा पठनपाठन सुरु भएको छ ।
बिद्यालय सञ्चालन सम्बन्धि सरकारले जारी गरेको मापदण्ड पालना गर्दै दुई देखि माथीका कक्षाको पठनपाठन सुरु गरीएको शिक्षक नेत्रप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हप्तामा प्रत्येक दिन १/१ वटा तहका कक्षाहरु सञ्चालन हुनेछन् । बिद्यालयमा पठनपाठन सुचारु गर्नेबारे व्यबस्थापन समिति र अभिभावकबिच भएको छलफलमा उक्त सहमति भएको हो । खतिवडाले भन्नुभयो -“बिद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर आईतबार कक्षा ८ , सोमबार ७ , मंगलबार ६ गर्दै दुईदेखि माथीका कक्षाहरु सञ्चालन गरेका हौँ ।”
बिद्यालय आउने प्रत्येक बिद्यार्थी तथा शिक्षकहरुको ज्वरो नाप्ने ,अनिवार्य मास्कको प्रयोग तथा साबुनपानीले हात धुन लगाउने गरीएको छ भने कक्षाकोठामा एउटा बेञ्चमा एकजना मात्र बिद्यार्थी बस्न पाउने व्यबस्था गरीएको प्रधानाध्यापक बालक वन्धु रिजालले जानकारी दिनुभयो ।
स्थानीय तहको पूर्नसंरचनापछि अर्जुनधारा १० को ‘च ‘नक्सामा परेको उक्त बिद्यालयमा हाल २ सय ९५ बिद्याथी अध्ययनरत छन् ।







