• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुर भन्सार भित्रैबाट पोका गायब गर्न खोज्दा…..


  •    संवाददाता/ सोमबार, मङि्सर ०८, २०७७  

  • झापा । सीमा नाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजश्व चुहावटको धन्दा मिलेमतोमा हुन गरेको छ । रकमको बार्गेनिङ मिलेमा भन्सारबाट जे सुकै सामान कम राजश्व तिरेर निस्किनुका साथै पोका समेत गायब पारिन्छ ।

    तर बार्गेनिङ मिलेन भने कर्मचारी आफै व्यापारीलाई प्यालेन्टि वा गाडीमा सामान बढी हालिएको भन्दै जफत गरेर काम देखाउन खोज्छन् ।

    Advertisement

    यस्तै एउटा घटना घटेको छ भद्रपुर भन्सार कार्यालयभित्र ।  भन्सारबाट एक कारोबारीले सस्तो सामानको भन्सार राजश्व तिरेर महँगो सामान लैजान खोज्दा फेला परेको छ ।

    Advertisement

    हिजो आइतबार दिउँसो मोटर पार्टस्को वारपार कारोबार गर्ने भद्रपुर नगरपालिका ५ बस्ने सिकन्दर खानले कम राजश्व पर्ने सामानको भन्सार तिरेर बढी भन्सार राजश्व लाग्ने सामान गाडीमा लोड गरेर भन्सारभित्रबाटै निकाल्न खोज्दा गाडीमा बढी सामान भेटिएको हो ।

    भन्सार कर्मचारीसँग सेटिङ नमिलेर त्यस्तो दुर्घटना हुन गएको एक कारोबारीले बताएका छन् । यता भन्सार कर्मचारीले चेकजाँच गर्दा बढी सामान भेटाएको प्रतिक्रिया दिएका छन् ।

    अहिलेसम्म भन्सारमा गाडीमा लोड भइसकेको सामान कर्मचारीले पुनः कहिले पनि चेकजाँच गरेको रेकर्ड नै छैन, कारोबारीको दाबी छ । तर, भन्सारका नायव सुब्बा रेवती गिरीले शङ्का लागेर गाडीमा लोड गरिएको सामान चेकजाँच गर्दा बढी भेटिएको प्रतिक्रिया दिएका छन् ।

    कर्मचारीले सामान गाडीबाट झिकेपछि सिकन्दर खानले लोड गरेको सामान आफ्नो नभएको र लेभरले झुक्किएर अरूको सामान लोड गरेको बताएपछि खानले भन्सारमा राजश्व तिरेको सामान मात्र लगेको कर्मचारी गिरीले बताए ।

    भद्रपुर भन्सार सुरक्षा एवम् राजश्व चुहावट नियन्त्रणको जिम्मेवारी लिएर बसेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक विभुराज दाहालले कारोबारी खानले नियोजित रुपमा बदमासी गरेको बताएका छन् ।

    मेची किनारकै कुनै व्यक्तिलाई फसाउन अर्कैको सामानसँग मिसाएर आफ्नो भन्सार राजश्व नतिरेको सामान निकाल्न खोज्दै गर्दा भन्सार कर्मचारीले बढी सामान बरामद गरेको बताउँदै प्रहरी निरीक्षक दाहालले भने, ‘बढी बरामद गरिएको सामान कारोबारी सिकन्दरकै भएको र सो सामान आवश्यक कारबाहीका लागि भन्सारले राखेको छ ।’

    उता कारोबारी खानले भने आफूले तीन पोका सामानको भन्सार राजश्व तिरेर हाकिमलाई सही गराउन जाँदा लेभरले झुक्किएर भन्सार नभएको सामान गाडीमा लोड गरेको प्रतिक्रिया दिएका छन् ।

    कर्मचारीलाई अर्कैको सामान भने पनि सामान भने आफ्नो भएको खानले स्वीकारेका छन् । यता स्रोतका अनुसार कारोबारी खानले महँगो सामान भन्सार राजश्व छलेर भन्सारबाटै निकाल्ने योजना असफल भएपछि भन्सार जफत गराएको सामान निकाल्न लागि परेका छन् ।

    कारोबारी खानले भन्सार निकट कर्मचारीसँग मिलेर घटना गुपचुपमा बनाएर सामान सजिलै तरिकाले पुनः भन्सारमा राजश्व तिरेर लैजान लागि परेका छन् । भन्सारले जफत गरेको सामान स्वतः लिलामी प्रक्रियामा जानु पर्ने हो । यो त प्रतिनिधि घटना पात्र मात्र हो ।

    भन्सारमा यस्तो धन्दा चलिरहेको छ । भन्सार कर्मचारीको सरुवा हुन लागेकाले उनीहरू पनि राजश्व सङ्कलनमा खासै चासो देखाउन छाडिसकेको भन्सारमा काम गर्ने कारोबारीहरू नै स्वयम बताउन थालेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.