बिर्तामोड – झापाको बिर्तामोडमा आगामी १२ जुलाईमा युनिभर्सिटी एड्मिसन नेटवर्क द्वारा विशेष शैक्षिक मेला आयोजना गरिने भएको छ। मेला यूके जान इच्छुक विद्यार्थीहरूका लागि अत्यन्तै उपयोगी हुने आयोजकले जनाएको छ ।

युएएन का प्रमुख राजेन्द्र सिंहका अनुसार मेलामा २० भन्दा बढी बेलायतका प्रमुख विश्वविद्यालयहरूको प्रतिनिधिहरू निमन्त्रणा गरिएको छ। यी प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आफ्नो विश्वविद्यालयको शैक्षिक कार्यक्रम, छात्रवृत्ति अवसरहरू, र प्रवेश प्रक्रियाको बारेमा विस्तृत जानकारी दिनेछन्।
युनिभर्सिटी एड्मिसन नेटवर्क कि परामर्शदाता समिक्षा भण्डारीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छिन्। मेलाको आयोजना बिर्तामोड-भद्रपुर रोडस्थित नबिल बैंकको माथिल्लो तलामा रहेको भट्टराई कम्प्लेक्समा गरिनेछ।
मेलामा भाग लिन इच्छुक विद्यार्थीहरू र अभिभावकहरूका लागि प्रवेश निशुल्क गरिएको बताईएको छ । साथै, मेलामा विभिन्न प्रकारका कार्यशाला, सेमिनार, र परामर्श सत्रहरू पनि आयोजना गरिनेछ जसले विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन प्राप्त गर्न मद्दत पुर्याउनेछ।
युएएन का व्यवसाय विकास प्रबन्धक प्रदीप लुइँटेलले मेलाको तयारी पूरा भएको र विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न विद्यार्थी अभिभावक लाई आग्रह गरेका छन् उनले अधिकांश विद्यार्थी बिदेश जान र अभिभावक पठाउन मात्र पाए पुग्ने सोच्ने बानीले नेपाली विद्यार्थीले समस्या झेल्नु पर्ने देखिएकाले आफ्नै आँगनमा परामर्श दातालाई उपस्थित गराएर बिश्वासको बाताबरण निर्माण गर्न सेमिनार आयोजना गरिएको बताए ।







