बिर्तामोड । हरेक अभिभावकको चाहना आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हुन्छ । छोराछोरीको भविष्य सुन्दर बनाउन अभिभावक उत्कृष्ट र स्थापित विद्यालयको खोजीमा रहेका हुन्छन् ।

यसैबीच झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमी अध्ययनका लागि विद्यार्थीको प्रमुख गन्तव्यको रूपमा पर्ने गरेको छ ।
विद्यालयमा दक्ष शिक्षकबाट गुणस्तरीय माध्यमले पढाई हुने भएपछि विद्यार्थीको आकर्षण बढेको हो । बिधालयले एसईई परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यस बर्षको एसईई परिक्षामा ९४.६९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ भने गत बर्ष जिल्लामै उत्कृष्ट समेत भएको थियो ।
एकै छानामुनी कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने भएकाले विद्यालयमा नयाँ सत्रका लागि कक्षा ११ मा भर्ना समेत खुलेको प्रधानाध्यापक देवेन्द्र हुमागाईंले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा आकर्षक छात्रवृत्ति सहित विज्ञान, ब्यवस्थापन र कम्प्युटर साइन्स विषयमा भर्ना सुरु भएको हो ।
विद्यालयमा अध्ययनका निमित्त ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेको प्रधानाध्यापक हुमागाईंले बताए ।
आधुनिक प्रयोगशाला सहित प्रयोगात्मक सिकाईसहजिकरणमा आधारित भएर विद्यालयमा पढाइका अतिरिक्त खेलकुद, नृत्य, गायन, अध्ययन अवलोकन भ्रमणलगायतका गतिविधि सञ्चालन गर्ने गरेको +२ इन्चार्ज केवल सापकोटाले बताएका छन्
१ हजार ६०० भन्दा बढी अध्ययनरत विद्यालयमा टाढा-टाढा आउने विद्यार्थीका लागि यातायातको समेत व्यवस्था गरिएको इन्चार्ज सापकोटाले बताए ।







