• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रधानमन्त्री ओली कांग्रेसको साथ खोज्दै


  •    संवाददाता/ आइतबार, मङि्सर ०७, २०७७  

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् ।

    सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

    Advertisement

    भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी नगराएको भए पनि कांग्रेसको उच्च स्रोतले  भेट भएको जानकारी दियो ।

    Advertisement

    स्रोतका अनुसार  भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए ।

    तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट ती नेताले बताए ।  नेकपाभित्र विवाद चर्कंदै जाँदा अहिले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याउनसक्ने विश्लेषण गरिएको छ ।

    सो अवस्थामा नेकपा विभाजन भएको अवस्थामा ओलीलाई सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् ।  त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् ।

    कांग्रेसभित्र ओलीको सरकारलाई साथ दिने कि नदिने विषयमा दुइवटा मतहरु छन् ।  सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आएको छ ।  तर, त्यस्ता भेट अपारदर्शी हुने गरेको भन्दै कांग्रेसकै नेताहरुले प्रश्न उठाउँदै आएका थिए ।  देउवा ओलीप्रति उदार देखिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने ओलीप्रति अनुदार देखिन्छ ।

    स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कांग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छन् ।  सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ ।  ओली र देउवा भेटबारे प्रधानमन्त्रीको सचिवालय र कांग्रेसले औपचारिक रुपमा भने जानकारी गरएको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.