ईलाम ।२०७७ मंसिर ७ प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमण आउने हुनुभएको छ ।
सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको छ । ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम पुग्नुहुनेछ।
इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ । यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गर्नुभएको थियो ।
त्यहाँ पनि बीओपीको निरीक्षण गर्नुभएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा निस्कनु हुनेछ । ईलामको माईजोगमाई गाउपालिका र संदकपुर गाउपालिकाको सिमावर्ती क्षेत्र जौवारी मा उहाँहरूलाई स्वागत गर्नको लागि सबै तयारी पूरा भएको छ ।







