यस वर्षको एसईई परीक्षामा झापाबाट एक जना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् ।
सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतले ४ जीपीए ल्याएकी हुन् ।
कमल गाउँपालिका-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइई दिएकी थिइन् । उनी सो विद्यालयमा कक्षा २ देखि अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
Advertisement
झापाबाट एक जनाले मात्र ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय एकाई झापाले जनाएको छ ।







