झापा । झापाको मेचिनगरमा पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
मेचिनगर नगरपालिका वडा नम्बर १४ नमुना टोलका बामरा सन्थालको छोरा २० महिनाको रिहान सन्थालको घर नजिकै पुर्व पट्टी रहेको फुलवासा खोलामा खेल्ने क्रममा पानीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बालक मंगलबार साझ ७:३० को समयमा खेल्ने क्रममा डुबेका थिए । मृतक बालकको शवको आवस्यक अनुसन्धान पश्चात् पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाईएको प्रहरीले जनाएको छ
Advertisement







