• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा भट्टराई


  •    संवाददाता/ मङ्गलबार, असार १२, २०८१  

  • उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा एलिजा भट्टराई चयन भएकी छन् ।

    बिर्तामोड नगरपालिका वडा नं.२ भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयलाई समावेश गरेर गठन गरिएको बाल क्लबको प्रथम अधिवेशनबाट निदि माध्यमिक विद्यालयकी भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

    क्लबको उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाबाट वीर अमरसिंह माध्यमिक विद्यालयकी जेशिका पौडेल निर्वाचित भएकी छन् ।

    Advertisement

    त्यस्तै सचिवमा देवकुल माध्यमिक विद्यालयकी आरोही उप्रेती, सहसचिवमा बालकल्याण माध्यमिक विद्यालयकी स्नेहा मिश्र र कोषाध्यक्षमा मोहनमाया माध्यमिक विद्यालयका शोभित उप्रेती सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक यदुनाथ अधिकारीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार सदस्यहरुमा विनिसा गोस्वमी, स्नेहा रसाइली, राहुल राजवंशी, गृसिका चौधरी, स्नेहा लिम्बू, रक्षा तिम्सिना, सन्ध्या न्यौपाने र कुशल निरौला चयन भएका छन् ।

    नवगठिति समितिको आजै बसेको बैठकले साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका निशान भट्टराईलाई उपाध्यक्षमा मनोनित गरेको छ ।

    यसअघि क्लबका अध्यक्ष एलिना तिम्सिनाको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।

    अधिवेशनको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले बालबालिकालाई लगानी गर्न वडा सधैँ तयार रहेको बताए । उनले कुनै पनि बालबालिकालाई पढ्नबाट बञ्चित हुन् नदिन बाल क्लबको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

    क्लबका अध्यक्ष तिम्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य तिला गौतम, वडा सदस्य सर्मिला त्रीखत्री, वडा सचिव हिमा पोखरेल, पञ्चरत्न माध्यमिक विद्यालयका फोकल पर्सन बद्री घिसिङ, देवकुल माध्यमिक विद्यालयका फोकल पर्सन सोम खनाल, बालकल्याण माध्यमिक विद्यालयका तीर्थराज बस्नेत, मोहनमाया माध्यमिक विद्यालयकी शिक्षिका गीता पुरी, सञ्चारकर्मी उमेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

    क्लबका कोषाध्यक्ष एलिजा भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.