• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडले ल्यायो एक अर्ब ३९ करोडको बजेट


  •    संवाददाता/ मङ्गलबार, असार १२, २०८१  

  • बिर्तामोड नगरपालिकाले १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट ल्याएको हो । नगरपालिकाको दोस्रो नगरसभाको पाँचौं अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

    Advertisement

    बजेटको आयमा संघीय समानीकरणबाट २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँटबाट १३ करोड ९८ लाख, प्रदेश समानीकरणबाट १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ३४ लाख २० हजार, आन्तरिक स्रोतबाट २० करोड ५० लाख, जग्गा रेजिस्ट्रेसनबाट १२ करोड, संघीय सशर्त चालुबाट २९ करोड ८ लाख ६३ हजार, संघीय सशर्त पुँजीगतबाट ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदानबाट ३ करोड, प्रदेश सशर्त चालूबाट ९४ लाख ४६ हजार, प्रदेश पुँजीगत सशर्तबाट १ करोड ४१ लाख, प्रदेश समपूरकबाट १ करोड ३० लाख र जनसहभागिताबाट २ करोड रुपैयाँ प्राप्त हुने नगरको अनुमान रहेको छ ।

    Advertisement

    बजेट प्रस्तुत गर्नुअघि नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । १८६ बुँदामा समेटिएको नगरको नीति तथा कार्यक्रम नगरप्रमुख प्रसाईंले सोमबार सार्वजनिक गरेकी हुन् ।

    चालु आवमा अवलम्बन गरिएका महत्वपूर्ण नीतिहरुलाई निरन्तरता दिँदै पहिलो ५ वर्षे नगर आवधिक योजनाले लिएको उद्देश्य र लक्ष्य, सहस्राब्दी विकास लक्ष्य, राष्ट्रिय प्राथमिकता प्राप्त कार्यकमहरु र सुखी नेपाली समृद्ध नेपालको भिजन समेतको आधारमा आगामी आवका लागि नीति तथा कार्यकम तय गरी प्रस्तुत गरिएको नगरप्रमुख प्रसाईंले बताइन् ।

    नीति तथा कार्यक्रममा शिक्षा, राजश्व परिचालन, स्वास्थ्य विकास कार्यक्रम, कृषि विकास, पशुपंक्षी तथा मत्स्यपालन विकास, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, लक्षित क्षेत्र, न्यायिक निरुपण, पर्यटन क्षेत्र, बन, वातावरण, विपद व्यवस्थापन, उद्योेग, व्यवसाय, व्यापार, रोजगार, यातायात तथा पूर्वाधार, युवा, खेलकुद तथा कला साहित्य, सुशासन, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारलगायत क्षेत्रको विकास समेटिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.