भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रमोदचन्द्र शर्माको निधन भएको छ ।
आज बिहान ४:५४ बजे ८२ वर्षको उमेरमा निजि निवास भद्रपुर-८ मा उनको निधन भएको हो ।
उनको पार्थिव शरिरको अन्तेष्ठी मंगलबार बिहान ११ बजे स्थानिय देउनिया खोलास्थित विश्रान्ती घाटमा गरीने पारिवारीक श्रोतले जनाएको छ ।
Advertisement
उनी लिभर सिरोसिस रोगको उपचार गराइ केहि दिन अघिमात्र काठमाडौँबाट घर फर्किएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय शिक्षा क्षेत्रमा सक्रिय उनी ‘प्रमोद सर’को नामबाट परिचित थिए । उनको एक श्रीमती सोमा शर्मा साथै दुई छोरा र तीन छोरी रहेका छन् ।







