• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा अङ्ग्रेजी विषयक अन्तरक्रिया तथा कार्यशाला


  •    संवाददाता/ शुक्रबार, असार ०८, २०८१  

  • बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन् । यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने विषयगत शिक्षकहरूको पहिलो नगर सम्मेलन मार्फत गठन गरेको विषयगत समितिहरु सक्रिय हुन थालेका छन् ।

    उक्त सम्मेलनले पाँचवटा विषयगत समितिहरु गठन गरेको थियो । गठित समितिहरूमा अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित र सामाजिक समितिहरू रहेका छन् । सोही अवसरमा शिक्षक तथा विद्यालयहरूले २१ बुँदे प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेपछि विषयगत समितिहरूले आआफ्नो क्रियाकलाप अगाडि बढाएका हुन् ।

    Advertisement

    यसै क्रममा अङ्ग्रेजी विषय समितिले शुक्रबार बिर्तामोडस्थित महेन्द्ररत्न माविको तालिम हलमा अङ्ग्रेजी विषयक एक दिने अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गरेको थियो । कार्यशालामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका ४० जना शिक्षकहरू सहभागी रहेका थिए । नगरपालिकाले शैक्षिक क्षेत्रमा संस्थागत र सामुदायिक विद्यालयहरूलाई एकैसाथ लिएर अगाडि बढ्ने नीति अवलम्बन गरेपछि दुवै विद्यालयका शिक्षकहरु लाभान्वित भएका छन् ।

    Advertisement

    शुक्रबार सञ्चालित कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तिल्चन भण्डारीले नगरको समग्र शैक्षिक अवस्थालाई सुधार गर्न विषयगत समिति गठन गरी सक्रिय बनाइएको जानकारी दिए । उनले यस वर्ष सिकाई उपलब्धि लाई वृद्धि गरी शैक्षिक गुणस्तर कायम गर्न बिर्तामोड नगरपालिका शिक्षा शाखा तथा सम्पूर्ण विद्यालयहरू लागि परिरहेको बताए ।

    कार्यशालालाई बिर्तामोड नगरस्तरीय विषयगत समिति सञ्जालका सदस्य धर्मेन्द्र भट्टराई,अङ्ग्रेजी विषयगत समितिका संयोजक लक्ष्मण सिवाकोटी र सदस्य केशव उप्रेतीले सहजीकरण गरेका थिए । कार्यशालामा शिक्षण सिकाई सम्बन्धी सीप प्रश्न गर्ने तरिका तथा प्रश्न निर्माण गर्ने तरिका र परियोजना कार्यलाई मूल्याङ्कन गर्ने तरिकाहरूको विषयमा छलफल गरिएको थियो ।

    उक्त कार्यक्रममा नगरस्तरीय विषयगत सञ्जालका सदस्य लीलाप्रसाद भण्डारी, शिक्षक महासङ्घ बिर्तामोडका अध्यक्ष युवराज कटेल, महेन्द्र रत्न मावि बिर्ता बजारका प्रधानाध्यापक खड्गप्रसाद खरेल, न्युटन्स एजुकेसन एकाडेमिका प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतको उपस्थिति रहेको थियो ।

    यसअघि नेपाली विषयगत समिति र विज्ञान विषय समितिले पनि नगरका शिक्षकहरूका लागि तालिम कार्यक्रमको आयोजना गरेका थिए । बिर्तामोड नगरपालिकाले विषयगत समितिहरू मार्फत शैक्षिक क्रियाकलापलाई गतिशील बनाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.