बिर्तामोड-६ मा स्थित एभरेष्ट स्मार्ट विद्यालयमा बाल क्लब पुन: गठन गरिएको छ ।
विद्यालयमा बिहीवार आयोजित एक भेलाका बीच सम्भव प्रसाईंको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको बाल क्लब फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।
क्लबको उपाध्यक्षमा मानषी बुढाथोकी, सचिवमा उष्णवी मैनाली, सह-सचिवमा दिया उप्रेती र कोषाध्यक्षमा निरजा सुवेदी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा श्रेया शिवाकोटी, अभय अग्रवाल, शिद्देश चापागाई, अभिषेक बुढाथोकी, अभिज्ञा घिमिरे, दिव्यान खतिवडा, आयुष्ना खरेल, अपेक्षा ढकाल, आरभ शिवाकोटी, स्नेहा राजवंशी, प्रेरणा थापा, द्रव्यराज निरौला, निर्जरा पराजुली, अक्स्ज खड्का, आरोही पौड्याल र स्पर्श चापागाई चयन भएका हुन् ।
त्यसैगरी क्लबको सल्लाहकारहरुमा कृषा दुलाल, नित्या शाह र नियम ओली चयन भएका छन् ।
बाल क्लबले सामाजिक रुपमा विभिन्न गतिविधि गर्दै आएको बाल क्लब फोकल पर्सन तृष्णा अधिकारीले बताइन् । उनले स्थानीय सरकार र विद्यालयसँग समन्वय गरेर काम गर्दै आएको जानकारी दिइन् ।







