बिर्तामोडस्थित वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालयमा बाल क्लब पुन: गठन गरिएको छ ।
बिहीबार विद्यालयका प्रधानाध्यापक तथा क्लबका संरक्षक यदुनाथ अधिकारीको अध्यक्षतामा बसेको भेलाले जेशिका पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा यथार्थ कडरिया, सचिवमा पुजन मगर, सह-सचिवमा अभिमन्यु बर्मनन र कोषाध्यक्षमा जस्टिना लिम्बू चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अभिषेक अधिकारी, रोजिना विश्वकर्मा, अनुष्का महतो, स्नेहा लिम्बू, राधिका मुर्म, प्रशान्त थापा मगर, तेजबहादुर चौधरी, प्रतिज्ञा बराइली, संगिता राजवंशी, शशांक बुढाथोकी र अपेक्षा राजवंशी सर्वसम्मत चयन भएका हुन् ।
भेलाले शिक्षक कमला थापालाई फोकल पर्सनमा मनोनीत गरेको विद्यालयकी आधारभूत इन्चार्ज शान्तिदेवी खतिवडाले जानकारी दिइन ।
उक्त भेलाको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।







