झापा । झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने दुवै जनाको पहिचान भने तत्काल नखुलेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । मृतक दुवै पुरुष रहेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार बुधवार दिउँसो ११ बजेर २५ मिनेटमा पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका ६ गिरी मन्दिर नजिकै सो दुर्घटना भएको हो ।
Advertisement
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतकको सनाखत हुन बाँकि रहेको र ट्रक चालक फरार रहेकोले खोजी भइरहेको जनाइएको छ ।







