न्यूटन्स् एजुकेसन एकेडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जन्मदिनको अवसरमा सामुदायिक विद्यालयलाई फर्निचर प्रदान गरेका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.५ मा रहेको न्यूटन्स् एजुकेसन एकेडेमीका प्रधानाध्यापक हुमागाईंले वडा नं.२ स्थित वीर अमरसिंह प्राबिधिक माध्यमिक विद्यालयलाई कार्यालय प्रयोजनका लागि सामाग्री हस्तान्तरण गरेका हुन् ।
सामुदायिक विद्यालयको विकासमा सघाउ पुर्याउने उद्देश्यले ६० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको हुमागाईंले बताए ।
वडा नं.२ का अध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, सचिव सुरेन्द्र खरेल, प्रधानाध्यापक यदुनाथ अधिकारी, बालबालिका शिक्षा सञ्चार मञ्च संयोजक सरोज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निजि विद्यालयले सामुदायिक विद्यालयको विकासमा देखाएको सद्भावप्रति वडाध्यक्ष पौडेलले धन्यवाद दिँदै आगामी दिनहरूमा सामुदायिक तथा संस्थागत विद्यालयहरु समन्वय गरेर बढ्नु पर्ने बताएका छन् ।







