बिश्व बाताबरण दिवसको अवसरमा इकोम बाल क्लबले बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड-२ मा रहेको इकोम स्कुल अफ एक्सिलेन्टमा रहेको बाल क्लबले झापाको बाह्रदशी गाउँपालिकास्थित साधुकुट्टी गौरीशंकर शिवालय मन्दिर परिसरमा आज एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण गरिएको विद्यालयकी प्रधानाध्यापक प्रमिला बजगाईले जानकारी दिइन् ।
बाल क्लब अध्यक्ष दीक्षा राजबंशीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षिका गोमा भण्डारी ओझाले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् ।
Advertisement
‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ क्लबले फलफुल, फुल लगायतका ५० वटा बिरुवा रोपिएको बताईएको छ ।
मन्दिर ब्यबस्थापन समिति अध्यक्ष ज्ञानप्रसाद सुबेदीले बाल क्लबले बाताबरण संरक्षण तथा धार्मिक पर्यटकिय क्षेत्रको बिकास र प्रबर्द्धनमा देखाएको चासोलाई धन्यवाद दिएका थिए ।







