बिर्तामोडस्थित उज्यालो मनकामना बाल क्लबले वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मनकामना माध्यमिक विद्यालयमा रहेको उक्त बाल क्लबले ४५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य चेतन विमली रहेका थिए ।
उज्यालो मनकामना बाल क्लबले आफनो केही खाजा खर्च जम्मा गरेर उक्त सामाग्री वितरण गरेको मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले जानकारी दिए ।
बालबालिकाले सामाजिक अभियान अन्तरगत रहेर यस्तो कार्यक्रम गर्नु एकदमै फलदायी र राम्रो भएको प्रधानाध्यापक अधिकारीले बताएका छन् ।
वडा सचिव हिमा पोखरेल, उज्यालो मनकामना बाल क्लबका अध्यक्ष मनिष गणेश, बाल क्लब फोकल पर्सन सरिता पौडेल लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हेमकुमार उप्रेतीले गरेका थिए ।







