भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई पक्राउ गरेको हो ।
विद्यालयकी पूर्वविद्यार्थी अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ ।
Advertisement
यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दु:ख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो ।







