झापा । नेपालमा परम्परागत रुपमा गरिदै आएको कृषि कार्यमा पछिल्लो समय परिमार्जन हुन थालेको छ ।
खेतालाको भरमा धान भित्र्याउँदै आएका किसानहरु हिजोआज आधुनिक मेसिनतर्फ आकर्षित हुन थालेका हुन् । धान काट्ने रिफरमेसिन र झार्न थ्रेसर मेशसन किशानको रोजाइमा पर्न थालेको छ ।
काम गर्ने खेताला पाउनै मुश्किल , पाए पनि महँगो र समय पनि धेरै लाग्ने भएकाले मेशिनको प्रयोगले कम समय र लागतमै धान भित्राउन सकिने भएकाले किसानलाई सहज भएको छ।

विशेषगरि तराईका जिल्लामा यस प्रकारको मेसिनको प्रयोगले समय र खर्चको बचत समेत हुने गरेको झापाका कृषक श्रीप्रसाद पाठक बताउनु हुन्छ। केही समयअघिसम्म किसानहरु अर्मपर्म गरि धान काट्ने गरेको र पछिल्लो समय काम गर्ने मान्छे पाउनै छाडेपछि मेसिनको लोकप्रियता बढ्न थालेको हो ।
पछिल्लो समयमा गाउँघरका किसानसमेत सो मेसिन प्रयोग गर्न थालेका छन् । जिल्लामा यतिबेला धान पाकेकाले धान काट्न र झाट्नमा किसानलाई चटारो छ । सरकारले पनि कृषि क्षेत्रमा अनुदान दिने र यस्ता रिफर मेसिनको खरिदमा सहुलियत दिन थालेको छ भने स्थानीय तहले अनुदानमा कृषि सामग्री उपलब्ध गराउन थालेकाले परम्परागत कृषि प्रणालीमा व्यापक सुधार आउन थालेको हो।

एक बिगाहा क्षेत्रफलको धान काट्न १२९१५ जना खेताला आवश्यक पर्छ र एकजना कामदार लाई पाँच सय दिनु पर्छ तर मेसिनको प्रयोगले सोही क्षेत्रफलको धान काट्न तीन देखि चार हजार रुपैयाँमा सकिने किसानहरु बताउँछन् ।








