झापा । बिर्तामोड ७ स्थित कञ्चन इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा आजदेखि निःशुल्क योग शिविर शुरु भएको छ ।
पतञ्जलि योग नगरसमिति बिर्तामोडको सहकार्यमा १५ दिने योग शिविर संचालन गरिएको हो ।

शिविरलाई बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले उद्घाटन गरेका छन् । बिहान ४.३० देखि ६ बजेसम्म निःशुल्क योग सिकाउन थालिएको कञ्चन इङ्गिलस बोर्डिङ स्कुलका संचालक बद्री बाँस्कोटाले बताए ।
विद्यार्थी र अभिभावकहरुलाई योगको माध्यमबाट निरोगी बनाउन योग शिविर आयोजना गरिएको प्रधानाध्यापक दिपक चौलागाईंले जानकारी दिए । ८० जना भन्दा अभिभावक र स्थानीयको उपस्तिथि रहेको कार्यक्रमको संचालन डिल्लीराम चौलागाईंले गरेका थिए ।
Advertisement







