• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका शिक्षकको प्रतिबद्धता बिद्यालय सुधार गर्छौ


  •    संवाददाता/ मङ्गलबार, जेठ ०१, २०८१  

  • झापा । बिर्तामोड नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिका स्तरीय सिकाई उपलब्धि सुधार अभियान २०८१ घोषणा गरिएको छ। आइतबार बिर्तामोड मा आयोजित एक एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईले उक्त अभियानको उद्घाटन गरेकी थिइन् ।

    नगरपालिका आफैंले यस किसिमको बृहत्तर शैक्षिक कार्यक्रम पहिलोपटक आयोजना गरेको हो। शिक्षा युवा तथा खेलकुद शाखा ले संयोजन गरेको उक्त अभियान अन्तर्गत पहिलोपटक पालिका स्तरीय विषयगत शिक्षकहरूको भेला भएको हो। समग्र शैक्षिक सुधारका लागि सरकारी तथा निजी विद्यालयहरूलाई एउटै मूलधारमा ल्याई शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको हो। 

    बिर्तामोड नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयबाट न्यूनतम तीनजनादेखि पाँचजनासम्म शिक्षकहरू सहभागी भएका थिए। सो भेलाले २१ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षर गरेका छन्। प्रतिबद्धता पत्रमा न्यूनतम सिकाई उपलब्धि एक अंकले वृद्धि गर्ने, प्रत्येक विद्यालयमा विषयगत समिति गठन गरी विषयगत क्रियाकलापहरू सञ्चालन गर्ने, विद्यालयहरूमा भइरहेका राम्रा राम्रा अभ्यासहरूलाई र नविनतम विधि तथा प्रविधिहरूलाई कार्यक्रमको आयोजना गरी आदानप्रदान गर्ने, हरेक शिक्षकले वार्षिक रूपमा न्यूनतम एउटा कार्यमूलक अनुसन्धान र एउटा घटना अध्ययन गरी विद्यार्थीका समस्याहरूको पहिचान गर्ने, शिक्षण सिकाइ क्रियाकलापमा आइसिटीको प्रयोग गरी एक्काइसौँ शताब्दी सुहाउँदो शिक्षण क्रियाकलाप गर्ने साथै विषयगत रूपमा छलफल अन्तरक्रिया तालिम र सम्मेलन को आयोजना गरी एकआपसमा अनुभव आदानप्रदान साथै सिकाइ गर्ने वातावरण सृजना गर्ने लगायतका २१ वटा प्रतिबद्धताहरु रहेका छन्। 

    Advertisement

    सोही भेलाले नगरपालिका स्तरीय पाँचवटा विषयका विषयगत समितिहरू समेत गठन गरेको छ। जसमा नेपाली विषय समितिको संयोजक झलक प्रसाद काफ्ले, अङ्ग्रेजी विषय समितिका संयोजक लक्ष्मण शिवाकोटी, गणित विषय संयोजक कृष्ण पौडेल, विज्ञान विषय संयोजक लक्ष्मीप्रसाद प्रसाई र सामाजिक विषय समिति गठन गरिएको छ। प्रत्येक विषय समितिको संयोजक सहित ७ जना सदस्य रहेका छन्। विषयगत समितिहरूलाई सहयोग र समन्वय गर्ने उद्देश्यले पालिकाले नौ सदस्य भएको नगर स्तरीय विषयगत शिक्षक सञ्जाल समेत गठन गरेको छ। जसको अध्यक्षता शिक्षा शाखा का प्रमुखले गरेका छन्।

    Advertisement

    बिर्तामोड क्षेत्रका २८० भन्दा बढी शिक्षकहरू सहभागी उक्त भेलालाई मेयर प्रसाई, उपमेयर नगेन्द्र प्रसाद संग्रौला, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी, प्याप्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, शिक्षक महासङ्घ बिर्तामोडका सचिव उमानाथ भण्डारी लगायतले बिर्तामोड पूर्वकै एउटा शैक्षिक हवको रूपमा विकसित हुँदै गइरहेको सन्दर्भमा यस्ता अभियानहरूले शैक्षिक गुणस्तर कायम गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए । उनीहरूले शिक्षकले चाहेमा शैक्षिक सुधार सम्भव छ भन्दै शिक्षकहरूको पेशागत विकास मा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। शिक्षामा सुधार ल्याउन पहिले शिक्षकहरूलाई गुणस्तरीय बनाउनुपर्ने कुरामा जोड दिँदै गुणस्तरीय शिक्षकले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने र त्यसबाट गुणस्तरीय विद्यार्थी उत्पादनमा सहयोग पुग्ने वक्ताहरूको भनाइ थियो। 

    बिर्तामोड नगरपालिकाले विगत केही वर्षदेखि शैक्षिक क्षेत्रमा सुधार अभियानहरू सञ्चालनमा ल्याएको छ। दुई वर्ष अगाडि मात्र शिक्षकहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट शिक्षक सम्मान को घोषणा गरी हरेक वर्ष तीनजना शिक्षकलाई उत्कृष्ट शिक्षक सम्मानद्वारा पुरस्कृत गर्दै आएको छ भने कक्षा ८ को परीक्षालाई नगर स्तरीय परीक्षाको रूपमा सञ्चालन गर्दै आएको थियो भने यसै वर्षदेखि कक्षा ५ लाई समेत नगरस्तरीय परीक्षा भित्र समावेश गरेको छ। 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.