निदि माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.२ राम चोकमा वि.सं.२०७० सालमा स्थापना भएको विद्यालयमा विद्यार्थीको आकर्षण ह्रवत्तै बढेको हो । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकाले अभिभावकहरुले टाढा-टाढाबाट छोराछोरी लिएर विद्यालयमा भर्ना गर्न आउने गरेका छन् ।
उक्त विद्यालयमा कक्षा नर्सरीदेखि स्नातकसम्म पढाइ हुने गरेको छ । टाढा-टाढाबाट आउन विद्यार्थीका लागि यातायातको व्यवस्था समेत गरिएको छ ।
विद्यालयमा पढाइका अतिरिक्त खेलकुद, नृत्य, गायन, उद्धघोषण तालिम लगायतका गतिविधि सञ्चालन गर्ने गरेको संस्थापक प्रिन्सिपल रञ्जित शाहले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा बाल क्लब, स्काउट लगायतका बालबालिकाको क्षमता अभिवृद्धि गर्ने क्लबहरु गठन गर्दै विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने गरिएको छ ।
ग्रामीण भेग राजगड, गोलधाप, हल्दिवारी, चारआली लगायतका स्थानसम्म गाडीको व्यवस्था भएकाले विद्यार्थीलाई सहज भएको छ । विद्यालयमै नृत्य, संगीत, गितार, किबोर्ड साथै फुटबल, भलिबलको प्रशिक्षकमार्फत तालिम प्रदान गराउदै आएको शाहले जानकारी दिए ।
उक्त विद्यालयमा ८५० विद्यार्थी र ६० जना शिक्षक कार्यरत रहेको प्रिन्सिपल शाहले बताएका छन् । विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुका लागि विद्यालयभन्दा बाहिर लगेर विद्यार्थीको क्षमतालाई वृद्धि गर्ने गतिविधि गर्ने गरेको छ ।







