• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तह भोलिदेखि बन्द


  •    / मङ्गलबार, मङि्सर ०२, २०७७  

  • (झापा) । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकाले झापाका दुई स्थानीय तह बन्द गरिएको छ ।

    तिहार बिदा अर्थात् मङ्सिर ३ गतेदेखि सबै सरकारी कार्यालय खुल्ला हुनु पर्ने हो । तर, कर्मचारीमा संक्रमण देखिएपछि जिल्लाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिका मङ्सिर ३ गतेदेखि पनि सञ्चालनमा नआउने भएको छ ।

    Advertisement

    दुवै स्थानीय तहले छुट्टाछुट्टै निर्णय गर्दै गाउँपालिका बन्द राख्ने भनी सूचना जारी गरेको छ ।  बाह्रदशी गाउँपालिकाका एक ओभरसियर कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी हाल होम आइसोलेसनमा बसेका छन्।

    Advertisement

    कोरोना भाइरसको महामारी अझै सामान्य नभएको भन्दै बाह्रदशीले मङ्सिर ६ गतेसम्म गाउँपालिका अन्तरगतका सबै कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।  गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले मङ्गलवार एक सूचना जारी गर्दै मङ्सिर ३ र ४ गते गाउँपालिका कार्यालय, त्यस अन्तर्गतका विषयगत शाखाहरू, वडा कार्यालय , स्वास्थ्य केन्द्र र आधारभूत सेवा केन्द्रहरूको कामकाज बन्द रहने जनाएको छ ।

    अब छठ पर्व सकिएर मङ्सिर ७ गतेदेखि मात्र गाउँपालिका कार्यालय नियमित रुपमा सञ्चालन हुने सूचना उल्लेख गरिएको छ ।  त्यस्तै झापा गाउँपालिकाका १२ जना कर्मचारीहरू संक्रमित छन् । गाउँपालिका एकै पटक एक दर्जन कर्मचारी संक्रमित भएपछि मङ्सिर ९ गतेसम्म कार्यालय बन्द राख्ने निर्णय गरेको छ ।

    संक्रमित सबै कर्मचारी हाल होम आइसोलेसनमा बसेकाले मङ्सिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । सो गाउँपालिका कार्यालय कात्तिक २७ गतेदेखि नै बन्द रहेको छ । कोरोना भाइरसको विषम परिस्थितिका कारण पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमाप्रार्थी भएको उल्लेख गरेका छन् ।

    यता जिल्लामा कोरोनाले ८१ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हाल झापामा सङ्क्रमितको सङ्ख्या ३ हजार ६४ पुगेको छ । त्यसमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सय ३० रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.