बिर्तामोडस्थित कोहेड माध्यमिक विद्यालयमा बाल क्लब गठन गरिएको छ ।
विद्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमका बीच रेवन सापकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको विद्यालयका सह-प्रधानाध्यापक कमल तिम्सिनाले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा सोफिया खातुन, सचिवमा प्रिन्शा भट्टराई, सहसचिवमा निलम दवाडी र कोषाध्यक्षमा सुवेन्शा राई चयन भएका छन् ।
Advertisement
त्यसैगरी बाल क्लबको फोकल पर्सनमा जिवन पौडेल चयन भएका छन् ।
उक्त बाल क्लब गठन कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले गरेका थिए ।
बिर्तामोड नगरपालिका भित्र ७५ वटा विद्यालय रहेकामा अधिकांशमा बाल क्लब गठिन गरिसकिएको र बाँकी रहेकामा केही दिन भित्रै गठन गरिने जनाइएको छ ।







