झापा । बिर्तामोडस्थित मनकामना सेकेन्डरी स्कुलमा हाउस क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यार्थीहरुलाई चुनावी ज्ञान दिने उदेश्यले सञ्चालन गरेको उक्त निर्वाचन कार्याक्रममा १४ जना बिद्यार्थीले उमेद्धारी दर्ता गराएका थिए । जस मध्ये ४ जना क्याप्टेन र ४ जना भाइस्क्याप्टेन गरी जम्मा ८ जना उमेद्धार निर्वाचनबाट निर्वाचित भएका स्कुलका प्रिन्सिपल केशव ढुगांनाले जानकारी दिए ।

निर्वाचनमा जम्मा ३ सय २७ जना बिद्यार्थीले मतदान गरेकाछन् । प्रत्येक बर्ष विद्यार्थीहरु आ-आफ्नै सदनको मतदान प्रक्रिया बाट नेतृत्व चयन गरिदै आएको छ। कक्षा ४ देखि १० सम्मका विद्यार्थी बिचमा प्रतिस्पर्धा गराइने गरिएको हो। निर्वाचन प्रक्रिया बाट छनोट गरिएको नेतृत्वले विद्यार्थीहरुमा सकारात्मक नेतृत्व प्रणाली स्थापित हुने ढुंगानाले बताए ।
शुक्रबार सम्पन्न निर्वाचनबाट यल्लो हाउसको क्याप्टेनमा मोहम्मद अमिर ,भाइस क्याप्टेन प्रगती गिरि , ब्लु हाउसमा निलेन्थ मगर ,सुजन सजेल ,ग्रीन हाउसमा मनिस गणेश ,युनिशा उप्रेती ,रेड हाउसमा ,योजन ढुंगाना ,प्राप्ति लिम्बू निर्वाचित भएका हुन् । बिजयी सबैलाई बिधालयका प्रधानाध्यापक ढुंगानाले दोसल्ला तथा ब्याज बितरण गरेका थिए ।







