झापाको बिर्तामोडमा रहेको न्यूटन्स् एजुकेसन एकेडेमीमा रहेको बालक्लबले सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनाएका छ ।
बैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसरमा न्यूटन्स् बाल क्लबको आयोजनामा विद्यार्थीले सर्वसाधारण लाई सातु र सर्वत ख्वाएर पर्व मनाएको प्रधानाध्यापक देवेन्द्र हुमागाईंले जानकारी दिए ।
बालबालिका लाई बिद्यालय स्तरमै सांस्कृतिक कुराको ज्ञान दिन सके संस्कृति जगेर्ना हुने भएकाले खुल्ला मैदानमा कार्यक्रम गरि सन्देश दिन खोजिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एंव संस्थापक धर्मा पराजुली प्रसाईले बताइन् ।
बाल क्लबले प्रत्येक बर्ष सांस्कृतिक पर्वको ज्ञान दिने उद्देश्यले अक्षय तृतीयाको अवसरमा न्यूटन्स् बाल क्लबद्वारा सर्वत र सातु वितरण गरिदै आएको क्लबका फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।
बिर्तामोडको मुक्तिचोकमा रहेको दुर्गा मन्दिरअगाडि सातु र सर्वतको स्टल राखेर विद्यार्थी तथा शिक्षकहरुले अक्षय तृतीया मनाएका थिए भने अन्य संघ संस्थाले पनि सोही स्थानमा कार्यक्रम गरेका थिए ।
न्यूटन्स् बालक्लबले सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनायो
न्यूटन्स् बालक्लबले सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनायो
Advertisement
तपाईको प्रतिक्रिया







