• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भगवानको अर्को रुप आमा


  •    रमेश नेपाल / बुधबार, बैशाख २६, २०८१  

  • ‘आमा’ यस्तो आदरर्थी शब्द हो, जसको उच्चारण गर्दा पनि हाम्रो हृदय पग्लिन्छ । आमा, जसलाई परिवारको मियो भन्न सकिन्छ । समग्र परिवार आमाकै सेरोफेरोमा घुम्छ ।

    आमाप्रति परिवारको जति प्रेम हुन्छ, उत्तिनै अपेक्षा पनि । कुनै कुरामा खुसी भइयो भने त्यो आमालाई नै सुनाउन मन लाग्छ । कुनै पुरस्कार पाइयो भने, त्यो खुसी आमालाई नै बाढ्न मन लाग्छ । कुनै कुराले दु:खी गरायो भने, त्यो दु:ख पनि आमालाई नै पोख्न मन लाग्छ । कुनै कुरामा चित्त बुझेन भने, त्यो कुरामा आमालाई नै घुर्काउन मन लाग्छ ।

    Advertisement

    आमाको प्रसंगमा लेखिएका यी पंक्तिहरुले पनि आमाको महत्वलाई दर्शाउँछ,

    Advertisement

    ‘धर्ती भइ एकचोटी सहेर हेर, अरुले कुल्चेको

    आगो भइ एकचोटी बलेर हेर, अरुले तापेको !!’

    आमा वास्तवमा धर्ती हुन्, जोसँग आफ्ना शाखा-सन्तानको पीडा, दुख, खुसी, गुनासो सबै कुरा ग्रहण गर्ने क्षमता हुन्छ । परिवारको न्यानोका लागि आमाले आफैलाई जलाउन सक्छिन् । परिवारको खुसीका लागि आमाले आफैलाई पगाल्न सक्छिन् ।

    ‘आमा’ एक विम्ब पनि हुन्, पारिवारिक सुखको । समग्र परिवार आमाकै फेरो समातेर रमाइरहेका हुन्छन् । हाँसिरहेका हुन्छन् । मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै होला । हामीले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा हामीलाई केही सानो दुखाइ हुन गयो भने पनि त्यो दुखाइले आमाको सहयोग मागेको हुन्छ । कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनि आमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ । त्यसैगरी कुनै पनि असहज काम गर्नु परेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छौँ । त्यो सम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ । यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहार गरेका छैनौँ कि भन्नेतर्फ एकचोटि सोच्नै पर्दछ ।

    जन्म दिने आमा सबैको प्रिय हुन्छन्, पक्कै पनि यो भनिरहन पर्दैन होला। आमा पृथ्वी हुन्, आमा प्रकृति हुन् । आमालाई माया गर्ने सबै हुन्छन् तर आमालाई अपहेलना र तिरस्कार नगर्नेको पनि कमी छैन यस संसारमा । हामी सानामा भन्थ्यौंं पृथ्वीभन्दा ठूली आमा । नेपोलयिन बोनापर्टले भनेका छन्‘मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’ वीपी कोइरालाले भनेका थिए आमा र राष्ट्र बराबार । हामी भन्ने गर्दछौं‘जहाँ स्त्रीहरुको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ ।’

    आमा जतिञ्जेल हाम्रो अगाडी हुनुहुन्छ त्यतिञ्जेल आमाको महत्वबोध कतिका लागि नहुन पनि सक्छ । तर, जब आमा परलोक जानुहुन्छ, अनि मात्र आमाको महत्व बुझिन्छ । जुन ढिला भइसकेको हुन्छ । हामी हरेक दु:खका क्षणमा आमालाई सम्झन्छौं । आमा शब्दको आफ्नै गरिमा र महिमा रही आएको छ । आमा भन्दा ठूली, आमा भन्दा राम्री कोही छैन संसारमा । हरेककी आमा मेरी आमा, मेरी आमा हरेककी आमा । वास्तवमा आमा, आमा नै हुन् । आमा साक्षात भगवान हुन् । समाजमा आमाको कोही कसैसँग तुलना गर्नै सकिँदैन । संसारमा एक पटक मात्र पाइने कुरा भनेको आमा मात्र हो । परिवारलाई कसरी सुखी राख्ने भन्ने कुरा आमाकै हातमा हुन्छ । हुन त हरेक सन्तानलाई आमाले नियन्त्रण वा निर्देशन गर्न सक्छ भन्ने होइन । यद्यपी समग्र परिवारको लय वा तालमेल कसरी मिलाउने भन्ने कुरामा आमाले खास भूमिका खेल्न सक्छिन् ।

    परिवारका सदस्यहरुलाई कसरी न्यायोचित ढंगले स्थान दिने, आपसी सम्बन्धलाई कसरी सन्तुलित राख्ने भन्ने कुरामा आमाको भूमिका रहन्छ । किनभने, पारिवारिक जीवनमा अनेक उतार-चढाव आउँछ । मनमुटाव हुन्छ । रिस-राग पैदा हुन्छ । यी मानविय गुण हुन् । स्वभाविक र सामान्य कुरा हुन् । तर, सानातिना असमझदारी, मनमुटावले परिवारिक संरचना विथोल्न सक्छ । आफू-आफूमा फाटो ल्याउन सक्छ । यस्तो अवस्था आउन नदिनका लागि आमा नै न्यायमूर्तिको भूमिकामा रहने गर्छिन् र रहनु पर्छ । समग्र परिवारको स्वास्थ्यमा आमाको खास भूमिका हुन्छ । त्यही आमा हुन्, जसले बाल्यकालमा तेलले मालिस गरेर हाम्रो मांसपेशी बलियो बनाइदिइन् । त्यही आमा हुन्, जसले पोषिलो खानेकुरा ख्वाएर हामीलाई पालन-पोषण गरिन् ।

    कुनै पनि घर-परिवारको खान्कीमा आमाले नियन्त्रण र निर्देशन गर्न सक्छिन् । आफ्नो भान्समा के पकाउने, कसरी पकाउने भन्ने कुरा आमाकै हातमा हुन्छ । रोग-कष्टमा कस्तो निदान खोज्ने भन्ने कुरामा पनि आमाको अनुभव काम लाग्छ ।

    कुनै पनि परिवारमा हेरौं, जहाँ आमा विशेष हुन्छिन् । यदि आमा नहुँदो हो वा आमालाई आमाको महत्व नदिने हो भने, त्यो परिवार विथोलिन्छ । लथालिंग हुन्छ । भताभुङ्ग हुन्छ । परिवार, परिवार जस्तै हुँदैन । सबै आफुखुसी गर्छन् ।

    परिवारको संभावित विखण्डनबाट बचाउँन आमाको उपस्थिती मात्र पनि काफी हुन्छ । जहाँ आमा हुन्छ, त्यहाँ आस्था, विश्वास र प्रेम हुन्छ । जहाँ आस्था, विश्वास र प्रेम हुन्छ, त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ । आजभोलि आमालाई गर्ने माया देखावटी रुपमा परिणत भै रहेको देखिन्छ, ३६४ दिन चाहिँ आमाको वास्ता नगर्ने अनि माता तिर्थ औँसिको एक दिन चाहिँ निक्कै माया गरे जस्तो गर्ने अनि सामाजिक सञ्जालमा फोटो पोस्ट्याउने प्रवृति बढेर गई रहेको छ, जुन एकदमै गलत रहेको छ ! आमालाई एक दिन हैन हरेक दिन माया गरौँ ,हामी सानो छँदा हाम्रो हरेक प्रश्नको उत्तर सहजै दिने आमा अहिले आमाको हरेक प्रश्नको उत्तर दिन कति पनि नहिच्किचाउँ !! सम्पुर्ण आमाहरुमा माता तिर्थ पर्वको शुभकामना !!

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.