गाउँमा विद्यालय भएता पनि गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई केही वर्ष अघिसम्म शहर केन्द्रित विद्यालय पठाउने प्रचलन रहेको थियो ।
विद्यालयको गाडि गाउँ-गाउँमा पुग्ने भएकाले छोराछोरीलाई पढाउनका लागि ऋण गरेर भए पनि शहर केन्द्रित विद्यालय आकर्षणमा पर्ने गर्थे । तर पछिल्लो समय भने गाउँमै गुणस्तरीय शिक्षा विद्यार्थीले पाउन थालेपछि अधिकांश अभिभावकले नजिकै रहेको विद्यालयमा आफना बालबालिकालाई भर्ना गर्न थालेका छन् । त्यस्तै उदाहरणमा झापाको बिर्तामोडमा अवस्थित कञ्चन अङ्ग्रेजी बोडिङ्ग स्कुललाई लिन सकिन्छ ।
बिर्तामोड नगरपालिका वडा नं.७ मा रहेको कञ्चन अङ्ग्रेजी बोडिङ्ग स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि विद्यार्थीको चाप बढ्न थालेको हो । 
विद्यालयमा पढाइ बाहेक अतिरिक्त क्रियाकलाप अन्तरगत नृत्य, गायन, कराते, उद्धघोषण तालिम तथा विद्यार्थीले सिक्न चाहेको विषयमा विद्यालयले व्यवस्थापन गरेर सिकाउने भएकाले विद्यार्थीको रोजाइमा विद्यालय परेको प्रधानाध्यापक दिपक चौलागाईंले जानकारी दिए ।
किताबी ज्ञानलाई मात्र नभएर स्थानीय पर्यटन क्षेत्रको अवलोकन गराउनुका साथै व्यवहारिक शिक्षालाई जोड्दै सिक्दै, हेर्दै र पढ्दै अभियान सञ्चालन गरेकाले अभिभावकले आफना बालबालिकालाई अन्य विद्यालय भन्दा पनि कञ्चन अङ्ग्रेजी नै खोजेर छोराछोरी लिएर भर्ना गर्न आउने गरेको विद्यालयका सहप्रधानाध्यापक बद्री बास्कोटा बताउँछन् ।
विद्यालयले टाढाबाट आउने विद्यार्थीहरुको लागि यातायातको व्यवस्था गरेको सञ्चालक डिल्लीराम चौलागाईंले बताए । उनका अनुसार विद्यालयमा पाँच सय पचास जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक र कर्मचारी गरेर ४० जना कार्यरत रहेका छन् ।







