• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साझा र विवेकशीलबीच एकताको तयारी अन्तिम चरणमा , मिश्र एकल संयोजक


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०२, २०७७  

  • साझा पार्टी र विवेकशील नेपाली दलबीच एकीकरणको अन्तिम गृहकार्य भइरहेको छ । २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले सुरु गरेको एकीकरण वार्ता अन्तिम चरणमा पुगेको हो ।

    पार्टी एकताका लागि गत फागुन १५ देखि १७ गतेसम्म लुम्बिनीमा सम्पन्न साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय लिएको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशीलसँग पार्टी एकताका लागि अनौपचारिक संवाद थालेको थियो ।

    Advertisement

    असारको अन्तिम साता बसेको साझाको केन्द्रीय कमिटीको बैठकले समीक्षा बाँस्कोटाको नेतृत्वमा पार्टी एकताका लागि कार्यदल गठन गरेको थियो । यता गत वैशाख २१ गतेदेखि २८ गतेसम्म बसेको विवकेशीलको संघीय समिति बैठकले पनि संवाद समिति गठन गरेर एकताका लागि ढोका खोलेको थियो ।

    Advertisement

    त्यसपछि संवाद समितिको निरन्तरको छलफलबाट पार्टी एकताको खाका तयार पारिएको छ । संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा २९ असोजमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो ।

    ५ कात्तिकमा विवेकशीलले संयुक्त प्रतिवेदन संघीय समितिका सदस्यहरुसमक्ष छलफलका लागि पठाएको थियो । साझाले पनि उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेको छ ।

    साझाका प्रवक्ता शरदराज पाठकका अनुसार तिहारलगत्तै बस्ने केन्द्रीय समिति बैठकले प्रतिवेदनलाई अनुमोदन गर्ने छ । यस्तै विवेकशीलले साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमाथि मतसंग्रहबाट निर्णय लिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.