• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तोडफोड भएपछि गौरीगञ्ज अस्पताल अनिश्चितकालीन बन्द, मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति


  •    संवाददाता/ शुक्रबार, बैशाख २१, २०८१  

  • अस्पतालमा तोडफोड भएपछि गौरीगञ्ज अस्पताल अनिश्चित समयका लागि बन्द गरिएको छ । असामान्य अबस्थाका कारण अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालमा प्रयोग रहेको सर्वर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्न गई अस्पतालका सम्पूर्ण सेवाहरु प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु हाललाई बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना जारी गरी जनाएका छन् । तोडफोडबाट अस्पतालमा लाखौको क्षति भएको जनाइएको छ ।

    झाडापखाला लागेका एक बालकको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले हिजोे गौरीगञ्ज अस्पताल तोडफोड गरेका थिए । गौरीगञ्ज गाउँपालिका– ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा महेशकुमार महतोको झाडापखालाका कारण मृत्यु भएको थियो ।

    Advertisement

    महतोलाई झाडापखाला लागेपछि बिहीबार बिहान ८ बजे गौरीगञ्ज अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसक्ने भन्दै चिकित्सकले रेफर गरेर दमक ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भएको मृतकका आफन्त राजकुमार महतोले बताए । बिरामीको मृत्यु भएपछि आफन्तले शवलाई अस्पतालमै लगेर राखेका थिए ।

    Advertisement

    समयमा दमक नपठाएको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त तथा स्थानीयले गौरीगञ्ज अस्पतालमा तोडफोड गरेका हुन् । मृतक परिवार, आफन्त र स्थानीयहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका ढुंगामुडा गरेका थिए । अस्पतालको झ्यालको सिसा, ढोका तथा अस्पतालले प्रयोग गर्ने सर्वर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

    दिनभरिको तनावपछि बिहीवार साँझ गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित पक्षबीच सहमति भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको रोहवरमा गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि लगिएको छ । डाक्टर र कर्मचारीको लापरवाहीका कारण बालकको मृत्यु भएको ठहर गर्दै अस्पतालका डा. अरविनकुमार राजवंशी, स्टाफ नर्स मनिसा सिंह गनगाई र एचए भावना कार्कीलाई तत्काल पदबाट निलम्बनसहित कानुनी कार्वाही गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.