बिर्तामोड । सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड ४ को आयोजनामा कुकिङ तालिम सुरु गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको सहयोगमा शनिबार देखि आयोजित तालिममा ५० जना युवाको सहभागीता रहेको बताईएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आदर्श स्कुलका डाइरेक्टर संजोग खरेलले स्वागत गरेको कार्यक्रममा वडा सदस्य निर्मला ल्वागुन, आदर्श टोल विकास संस्थाका चन्द्रप्रसाद दाहाल ,मेघाबारी टोल विकास संस्थाका पुप्ष खडका लगायत ले युबा लाई शुभकामना दिएका थिए ।
३५ दिने युबा उद्यमशिलता कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रम बाट होटल ब्यबस्थापन , कुकिङ लगायतका विषयमा प्रशिक्षण हुने र युवाहरूलाई व्यावसायिक बनाउन मद्दत पुग्ने वडाध्यक्ष शर्माले बताए ।
उपभोक्ता समितीका अध्यक्ष नारायण मुखियाको अध्यक्षता रहेको कार्यक्रममा आदर्श स्कुलका तालिम संयोजक दीपक दास ,सेफ भुवन दंगाल ,सन्तोष मगरले तालिम लाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको संचालन जनप्रतिनिधि केशब कुमार श्रेष्ठले गरेका थिए ।







