झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- ७ गरामनीका ३८ वर्षीय तेजमणि खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार राति ७ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
मोटरसाइकल चालक खरेल र पछाडि सवार मेचीनगर नगरपालिका- १० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका थिए । घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक खरेललाई चिकित्सकले मृत घोषित गरेका थिए । अर्को घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement







