सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन खुवाउन लागिएको हो ।
छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी भएको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले बताए । थापाका अनुसार भिटामिनसँगै एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाउने तयारी सरकारले गरेको छ।
भिटामिन ए कार्यक्रम अन्तर्गत करिब ३२ लाख बालबालिकाले भिटामिन खाने अनुमान गरिएको छ। २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलतालाई ध्यानमा राखेर सरकारले २०५० सालदेखि भिटामिन ए कार्यक्रम सुरु गरेको थियो ।
Advertisement







