झापा बिर्तामोडकी इशा सुवेदी नेपाल आइडल सिजन ५ को टप १६ मा प्रवेश गरेकी छन् । उनलाई भोटिङ मार्फत प्रवेश गराउन सहयोगीहरुले अनुरोध गरेका छन् । इशा एपीवान टेलिभिजनमार्फत प्रशारण भइरहेको नेपाल आइडलको टप १६ मा प्रवेश गरेकी हुन् ।
२१ वर्षीया सुवेदी सानैदेखि संगीत क्षेत्रमा झुकाव राख्दै आएकी थिइन् । उनका दाइ बिराज सुवेदीले इशाले गरेको मेहनतले झापा लाई संगीतको क्षेत्रमा अझ चिनाउने बताए । नेपाल आइडलको सिजन ५ को टप १६ मा पुगेकी इशा कोशी प्रदेशकै एक्ली झापाली प्रतिस्पर्धी हुन् । उनलाई भोट गर्न मंगलबार दिउँसो १२ बजे सम्म पाईने छ ।
Advertisement







