• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तिलकले ९ फिट गहिरो खाडलमा ७ दिन तपस्या गर्ने


  •    संवाददाता/ शुक्रबार, चैत १६, २०८०  

  • बिर्तामोड । मनोक्रान्ति साधक तिलक लिम्बूले ७ दिने भू तपस्या गर्ने भएका छन् । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा लिम्बूले चैत्र १७ गतेदेखि जमिन मुनी बसेर भू-तपस्या गर्ने भएका हुन् ।
    झापा कमल गाउँपालिका ७ का लिम्बू फक्ताङलुङ बिद्यालयमा योग प्रशिक्षकको रुपमा कार्यरत छन् । उनले स्कुलको खुला मैदानमा भू-तपस्या गर्ने बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमकाबिच जानकारी गराइएको हो ।

    विकासानन्द फाउण्डेसन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बूले चैत्र १७ गते ३ बजे देखि चैत्र २३ गते दिउँसो ३ बजे सम्म नीराहार भू-तपस्या गर्ने बताइएको छ । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसमा पुर्याउने उद्देश्यले भू-तपस्या गर्न लागेको साधक लिम्बूले बताए ।

    Advertisement

    ९ फिट गहिरो ९–९ फिट लम्बाइ र चौडाइको खाडलमा पुरिएर भू-तपस्या गरिने बताइएको छ । लिम्बूलाई भू-तपस्या बस्नको विकासानन्द फाउण्डेसनले सहजीकरण गरिरहेको मनोक्रान्ति प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिए । भू तपस्वी लिम्बुलाई मनोक्रान्ति गुरु डा. योगी विकासानन्दले जुस खुवाए पछि भू-तपस्या सम्पन्न हुने बताइएको छ ।

    Advertisement

    लिम्बूको भू-तपस्या सम्पन्न भएपछि त्यसको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा. विकासानन्दको विशेष प्रवचन रहने फक्ताङलुङ एजुकेशनका संस्थापक प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिए । लिम्बुको तपस्या लाई फक्ताङ्लुङ एजुकेशनले सहयोग र सहजीकरण गर्ने नेङ्वाङले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.