ललितपुर उपमहानगर पालिका सातदोबाटो स्थित ग्राण्ड एकेडिमीले एक कार्यक्रमका बिच विद्यार्थी लाई बिदाई गरेको छ ।
आगामी चैत्र १५ गते बाट संचालन हुने एसईई परिक्षामा सहभागी हुने विद्यार्थी लाई बिद्यालयको तर्फबाट बिदाई गरिएको प्रधानाध्यापक सिमा जमिर राईले जानकारी दिईन ।
एसईईमा हरेक बर्ष उत्कृष्ट नजिता ल्याउन सफल एकेडिमीले बाल मैत्री बाताबरणमा पठनपाठन गराउदै आएको प्रधानाध्यापक राईले बताइन् ।
उनका अनुसार विद्यार्थीहरुलाई प्रबिधिमैत्री कक्षा साथै अतिरिक्त कृयाकलाप लाई जोड दिदै आएको छ ।
एक दशक लामो समय देखि संचालनमा आएको एकेडेमी उपमहानगर पालिका भित्र पहिलोपटक कक्षा नर्सरी देखि १० सम्म स्मार्ट बोड मार्फत प्रबिधि मैत्री बाताबरणमा पठनपाठन गराईदै आएको छ ।
Advertisement







