• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेमिका स्टाफ नर्सको हत्यापछि शिवशंकरले गरे आत्महत्या


  •    संवाददाता/ सोमबार, चैत ०५, २०८०  

  • चैत ५ । विराटनगरमा भएको स्टाफ नर्सको हत्याका आरोपी युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सिरहाको फुल्काहकट्टी घर भएका २३ वर्षीय शिवशंकर दास विराटनगर महानगरपालिका–४ स्थित फाइन होटल एन्ड लजको पंखामा प्लाष्टिकको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

    मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार शिवशंकरलाई होटलको १०२ नम्बर कोठाभित्र आइतबार राति ९ः४५ बजेतिर मृत फेला पारिएको हो। कोठाको चुक्कुल भित्रबाट लगाएर झुन्डिएको अवस्थामा शिवशंकर भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

    Advertisement

    कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पताल लगेको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको एसपी कार्कीले बताए। उनका अनुसार शिवशंकरले आइतबार बिहान ११ बजेतिर होटलको कोठा बुक गरेको देखिन्छ।

    Advertisement

    विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत स्टाफ नर्स २२ वर्षीय चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा गत शुक्रबार शव फेला परेको थियो। सिरहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको हो।

    शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएका थिए। भान्सा कोठामा प्रयोग हुने कटर र चुलेसीले घाँटी काटेर चन्द्रिकाको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ। उनको हत्या बिहीबार नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    चन्द्रिकाको हत्या गरेको खुलेपछि प्रहरीले फरार रहेका शिवशंकरको खोजी गरिरहेको थियो। प्रहरीले खोजी जारी राखेका बेला उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार शिवशंकर र चन्द्रिका लगभग ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण रहेको प्रहरीको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.