• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल आइडलमा बिर्तामोडकी पहिलो सन्थाल गायिका


  •    संवाददाता/ बुधबार, फागुन ३०, २०८०  

  • बिर्तामोड । झापा बिर्तामोड –८ निवासी मुना सोरेन यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् । नेपाल आइडलको पाँचौँ संस्करणमा सहभागी उनी केही दिनदेखि ‘भाइरल’ भइरहेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकदेखि विभिन्न प्लेटफर्ममा मुना सोरेनको प्रस्तुति देख्न पाइन्छ । सोरेन नेपाल आइडलमा सन्थाल समुदायबाटै पहिलो पटक सहभागी भएको पनि दाबी गरिएको छ । उनले भनिन्, ‘सन्थाल समुदायबाटै पहिलो सहभागी हुँ ।’ बिर्तामोडमा भएको अडिसनमा उनले आफ्नो प्रस्तुति सन्थाल भाषाको गीतबाट सुरु गरेकी थिइन् । उनले प्रि–अडिसन र अडिसन राउन्ड पार गरेर नेपाल आइडलको यात्रा तय गरेकी छन् । अब उनले नेपाल आइडलको नियम बमोजिम बन्द सत्रमा प्रशिक्षण लिने छिन् ।

    Advertisement

    सन्थाल गीतकै कारण भाइरल भइरहेकी मुनाले अडिसनका क्रममा अन्य गीतहरु पनि प्रस्तुत गरेकी थिइन् । दुर्गा मावि गरामनीको पूर्व विद्यार्थी समेत रहेकी उनको चर्चा चुलिएसँगै नेपाल आइडलको अबको यात्रामा सहयोग गर्नेहरुले अग्रसरतादेखाएका छन् । भारतमा आमा मजदुरी गरिरहेको बताउने उनले गीत संगीतको कुनै कक्षा लिएकी छैनन् ।

    Advertisement

    समुदायमा गीत संगीतप्रति ठुलो रुचि नभएकाले पनि कला केन्द्रहरु पुग्न नसकेको उनको भनाइ छ । पिछडिएको समुदायको रुपमा रहेको सन्थाल जातिबाट सहभागी उनको प्रतिभालाई नेपाल आइडलले बाहिर ल्याएको भन्दै चौतर्फी प्रशंसा गरिएको छ । बुबा दोस्रो विवाह गरेर अलग्गै बसिरहेका छन् भने आमाले भारतमा श्रम गरेर ४ जना छोराछोरी हुर्काइरहेकी छन् ।

    उनले भनिन्, ‘जीवन अँध्यारो छ, म उज्यालो बनाउन चाहन्छु ।’ परिवारको साथ, माया र प्रेरणाले अघि बढिरहेको बताउने उनले दिएको प्रस्तुतिका कारण ट्रेन्डिङमा छिन् । बिर्तामोडमा भएको अडिसनमा कोशी प्रदेशभरिका र भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतका क्षेत्रबाट सहभागीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.