• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चर्च ब्वाइज बन्यो झापा गोल्डकपको नयाँ च्याम्पियन


  •    संवाददाता/ सोमबार, फागुन २८, २०८०  

  • २८ फागुन, बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकपको उपाधी चर्च ब्वाइज युनाइटेडले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३।० ले पराजित गर्दै चर्च ब्वाइजले झापा गोल्डकपको उपाधी जितेको हो ।

    पहिलो पटक सहभागी बनेको चर्च ब्वाइज झापा गोल्ड कपको नयाँ च्याम्पियन बनेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा विदेशी खेलाडी अबयोमी फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । उपाधी सँगै चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।

    Advertisement

    खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढृको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२औं फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् । तेस्रो गोल ८७औं मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् ।

    Advertisement

    पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेन । दुबै टोली मुख्य प्रशिक्षक बिना मैदानमा उत्रिएका हुन् । चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुवेन राई थिए भने एपिएफको प्राविधिक क्षेत्रमा सुुशिल अधिकारी थिए ।

    यसअघि खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औं मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनिश महर्जन गोल गर्न चुके । पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरे । खेलको ८१औं मिनेटमा एपिएफका विदेशी खेलाडी आन्द्रे थेरी वियिक वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।

    चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन । ३१औं मिनेटमा विकु राईले हानेको प्रहार एपिएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२औं मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए ।

    खेलको म्यान अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । फागुन १९ गतेदेखि सुरु भएको छैटौं झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।

    विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदियमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।
    गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

    विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

    च्याम्पियन भएपछि चर्च ब्वाइजका अध्यक्ष रुवेन राईले खेलाडीको मिहिनेतले जित निकालेको बताए । उनले खेलाडीको तारिफ गर्दै योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए ।

    पराजित एपिएफका प्रशिक्षक शुसिल अधिकारीले सामान्य गल्तीको कारण पहिलो गोल बेहोरेकाले टोलीमा सन्तुलन बिग्रेको बताए । उनले भने, ‘पहिलो गोल बेहोरेपछि खेलाडी आत्तिएको जस्तो देखिए । त्यसपछि पनि राम्रो गर्नै सकेनौं ।’

    गोल्ड कप समापनको अवसरमा झापा ११ का पूर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो । झापाका गोल किपर मिनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बु, खमिर गिल्सन कन्दङवा, बिशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो । उनीहरुले पाएको पुरस्कार डोमालाल राजबंशीको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.