सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा बिर्तामोड नगरपालिकामा अहिलेसम्म २० हजार बालबालिकाले लगाइसकेका छन् ।

बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेश रिजालका अनुसार कुल ३७ हजार ७ सय बालबालिका लाई खोप लगाईने बताए ।
फागुन २० गते बाट शुरु भएको खोप अभियान चैत्र २ गते सम्म संचालन हुने बताईएको छ । बिर्तामोडका सामुदायिक र संस्थागत बिद्यालयमा गरि ८० वटा खोपकेन्द्र मार्फत बालबालिका लाई खोप लगाईदै आएको छ । खोप लगाउन छुटेकालाई चैत्र २ गते स्वास्थ्य संस्थाबाट लगाईने छ ।

९ महिना देखि १५ बर्ष उमेरका बालबालिका लाई खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ । खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा-रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने छ ।
बिर्तामोडका २० हजार बालबालिकाले लगाए दादुराको खोप
बिर्तामोडका २० हजार बालबालिकाले लगाए दादुराको खोप
Advertisement
तपाईको प्रतिक्रिया







