• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिका लक्ष्यित बिर्तामोड नगर खेलकूद महोत्सव सम्पन्न


  •    संवाददाता/ बिहिबार, फागुन २४, २०८०  

  • बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल विरअमरसिंह माविमा सम्पन्न भएको हो ।

    विजेता हुनेहरुमा वादविवाद प्रतियोगिता तर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोश्रो (निधि मावि) र तेश्रो सृजा काफ्ले (न्युटन्स मावि) रहेका छन् । यसै गरि निवन्ध लेखन तर्फ पुर्निका यादव पहिलो (न्युटन्स मावि), निकिता तामाङ दोश्रो (एभ्रेष्ट स्मार्ट एकाडेमी), र दिपशिखा प्रसाई तेश्रो (नवोदय फनमिन) रहेका छन् । यसैगरी स्पोर्ट क्विज तर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम (कञ्चनजंघा मावि), निश्चल कटुवाल, प्रवेशहाङ लिम्बु दोश्रो (सरस्वती एन्जल्स) र प्रशन पौडेल,निशान न्यौपाने (मोहनमाया मावि) रहेका छन् ।

    यस्तै पोष्टर डिजाइन तर्फ प्रावि तह रियाना धिमाल पहिलो (एभरेष्ट स्मार्ट),सुकुन राजवंशी (न्युटन्स) र विभुत निरौला तेश्रो (एसेन्ट एकाडेमी) रहेका छन् । यस्तै निमावि तह तर्फ अन्वेशष ढुंगेल पहिलो (न्युटन्स), अनुजा अधिकारी दोश्रो (निधि मावि) र सविना विश्वकर्मा तेश्रो (एसेन्ट एकाडेमी) रहेका छन् । मावि तह तर्फ उत्प्रेक्षा राजवंशी पहिलो (विराटज्योति), प्रेम प्रकाश यादव दोश्रो (एसेन्ट एकाडेमी) र निनु भट्टराई तेश्रो (एभरेष्ट एकाडेमी) रहेका छन् ।

    Advertisement

    यस्तै प्रतियोगिताको पेन्टिङ,ड्रोइङ तर्फ प्रावि तह अन्तर्गत सुहना सिटौला पहिलो (न्युटन्स), इभाना खनाल दोश्रो (एसेन्ट) र ग्लोरियस गुरुङ तेश्रो (नवोदय फनमिन) भएका छन् । यस्तै निमावि तह तर्फ चेन्जल राजवंशी पहिलो (न्युटन्स), विवेक राजवंशी दोश्रो (नवोदय फनफिन) र विकास राजवंशी तेश्रो (एसेन्ट एकाडेमी) भएका छन् । मावि तह तर्फ सौरभ टुडु पहिलो (एसेन्ट), शृष्टि शाह दोश्रो (नवोदय) र प्राश्ना खड्का तेश्रो (एभरेष्ट एकाडेमी) भएका छन् ।

    Advertisement

    प्रतियोगिताको रनिङ तर्फ विभिन्न तह अन्र्तगत विजेता छनोट गरीएको छ । सबै विधाका विजेताहरुले पहिलो, दोश्रो र तेश्रोले क्रमश ४ हजार,२ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाण पत्रको व्यवस्था गरिएको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सव आयोजक समिति सह–संयोजक विशाल अग्रवालले जानकारी दिए । प्रतियोगिताको छनोट चरणमा विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।

    विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रमाण पत्र तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर २का वडाअध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्युटन्स अंग्रेजी स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राज आङ्देम्बे वडा खेलकुद समिति अध्यक्ष कमला लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.