• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा छनोट चरणका खेलहरु सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, फागुन २२, २०८०  

  • बिर्तामोड नगर खेलकूद महोत्सवमा छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नगर खेलकूद विकास समितिको आयोजनामा माघ २६ गते देखि सुरु भएको प्रतियोगिताको छनोट चरण सम्पन्न भएको हो । दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइन प्रतियोगिताको छनोट चरण सकिएको महोत्सवका सह–संयोजक विशाल अग्रवालले जानकारी दिए ।

    विधागत रुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना छनोट भएका छन् । यस्तै पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएको जनाइएको छ ।

    Advertisement

    प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका हुन् । त्यसैगरी महोत्सव अन्तर्गत शिक्षकहरुको मैत्रिपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जसमा एमएटी स्कुल, एभरेष्ट स्कुल, विराट ज्योति स्कुल र न्युटन स्कुलको सहभागिता रहेको थियो । यसमा न्युटन विजेता र एमएटी उपविजेता बनेको छ ।

    Advertisement

    हाजिरि जवाफ प्रतियोगितामा ४ वटा स्कुल कञ्चनजंघा, मोहनमाया र सरस्वती एन्जल्स र नवोदय शिक्षा सदन अन्तिम चरण पुग्न सफल भएका छन् । सम्पुर्ण विद्याका प्रतियोगितामा ६ वटा स्कुल सर्वोत्कृष्ट भएका छन् । जसमा देवी मावि, नवोदय शिक्षा सदन, विराट ज्योति अंग्रजी मावि, न्युटन एजुकेशन एकाडेमी, निधि मावि र एसियन्ट एकामेडी रहेका छन् ।

    पोस्टर मेकिङ तर्फ कक्षा २,३ र ४ को विधाबाट एसियन्ट एकाडेमी, न्युटन्स एजुकेशन एकाडेमी, नवोदय शिक्षा सदन उत्कृष्ट भएका छन् । यस्तै ५,६ र ७ कक्षा तर्फ न्युटन्स, निधि र नवोदय उत्कृष्ट बनेका छन् । यसैगरी कक्षा ८,९ र १० को विधाबाट विराट ज्योति, लिर्वटी र नवोदय उत्कृष्ट बनेका छन् ।

    यस्तै चित्रकला तर्फ कक्षा २,३ र ४ बाट नवोदय, एसियन्ट र एभरेष्ट उत्कृष्ट भएका छन् । कक्षा ५,६ र ७ बाट न्युटन्स, नवोदय र एसियन्ट उत्कृष्ट बने । यस्तै ८,९ र १० बाट नवोदय, निधि र न्युटन्स उत्कृष्ट बने ।

    त्यसैगरि नगर खेलकूद विकास समितिले डिजिटल स्पोर्टस क्विजको समेत आयोजना गरेको थियो । यसको विजेताहरुमा अनिश श्रेष्ठ, पवन खरेल, सुनिता बुढाथोकी,संजोग वन, दौलत ढकाल, आयुश अधिकारी, निश्चल आचार्य, अस्विन प्रसाई, संयोग वन, निशान खत्री रहेका छन् । प्रतियोगिताको फाइनल फागुन २३ गते विर अमरसिंह माविमा हुने आयोजकले जनाएको छ ।

    छनोट खेलहरु हाजिरि जवाफको न्युटन्स स्कुल, पोष्टर र ड्रोइङको नवोदयमा, वादविवाद र निवन्ध लेखनको निधिमा, रनिङको समुह चरण एभरेष्ट स्कुल र फाइनल महेन्द्र ज्योतिमा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.