• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१४ महिनामा १३ पटक मन्त्रिमण्डल पुनर्गठन


  •    संवाददाता/ मङ्गलबार, फागुन २२, २०८०  

  • काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्।

    २०७९ पुस १० मा दाहाल प्रधानमन्त्रीका रूपमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट २०७९ पुस ११ मा उनले पहिलो मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिमण्डल विस्तार गरेका छन्।

    Advertisement

    यसैगरी उनले २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २८ मा मन्त्रिमण्डल विस्तार गरेका छन्। दाहाललाई सुरुमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको थियो।

    Advertisement

    यी दललाई सहभागी बनाएर दाहालले २०७९ पुस ११ मा मन्त्रिमण्डल बनाए। त्यसको एक महिनापछि रास्वपा सरकारबाट बाहिरियो। २०७९ फागुन १३ मा राप्रपा पनि सरकारबाट बाहिरियो। त्यसको दुई दिनपछि फागुन १५ मा एमाले सरकारबाट बाहिरियो। २०७९ चैत १७ मा गरिएको पुनर्गठनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भए।

    एक वर्षको कार्यकालमा दाहालले दुई पटक विश्वासको मत लिए। २०७९ पुस २६ मा लिएको विश्वासको मतमा नेपाली कांग्रेस, एमाले, रास्वपा, जसपा, लोसपा, जनमतलगायतका सबै दलले विश्वासको मत दिए।

    त्यतिबेला जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले मात्र सरकारको विपक्षमा मत दिएका थिए। दाहालले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई एमाले र राप्रपाले विश्वासको मत दिएका थिएनन्।

    सोमबार दाहालले गरको मन्त्रिमण्डल पुनर्गठनमा नेकपा(एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी भएका छन् भने नेपाली कांग्रेस, नेकपा (एस) लगायतका दल सरकारबाट बाहिरिएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.