• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाका कारण प्रदेश १ मा एकैदिन ९ जनाको ज्यान गयो


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २५, २०७७  

  • प्रदेश १ मा एकैदिन थप ९ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो । मोरङकै सुन्दरहरैंचा नगरपालिकाका एक संक्रमितको भने घरमै मृत्यु भएको हो ।

    झापा गौरादह–५ का ६५ वर्षीय वृद्धको नोबेल अस्पतालमा मंगलबार बिहान ८स्२५ बजे मृत्यु भएको छ । पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या थियो ।

    Advertisement

    यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान करिब ८स्२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

    Advertisement

    झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि १५ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो ।

    यस्तै उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी २२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा मंगलबार बिहान करिब ५:३० बजे उनको मृत्यु भएको दाहालले बताए । मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको पनि नोबेलमै मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ६:३० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

    यसैगरी सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कोशीमा भर्ना गरिएको थियो ।

    कोशीमै विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९:५० बजे मृत्यु भएको हो । निमोनियाको समस्या रहेका ती पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । निमोनियाको संक्रमण रहेका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

    मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने आफ्नै घरमा ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७:३० बजेतिर मृत्यु भएको हो । उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासको समस्या थियो । यसैगरी रुपन्देहीमा एकजना अनमीसहित तीनजना संक्रमितको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.