बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गाेल्डकपकाे कार्यालयमा आयाेजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पाेखरेलले गोल्ड कपका अध्यक्ष बिनाेद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले काेराेना संक्रमणदेखि अन्तर्राष्ट्रिय झापाली समाजसँग सहकार्य भएको उल्लेख गर्दै यसपटक समाजले गाेल्डकपका लागि झन् महत्वपूर्ण सहयोग गरेकाे बताए ।
Advertisement







